सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोइरालाको अवस्था बुझ्न प्रधानमन्त्री र उपप्रधानमन्त्री थापा अस्पताललमा

बुधबार, २२ असार २०७३, १२ : ३९
बुधबार, २२ असार २०७३

काठमाडौं– गम्भीर बिरामी परी ओम अस्पतालको भेन्टिलेटरमा राखिएका कांग्रेस महामन्त्री सशांक कोइरालाको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री कमल थापा अस्पताल पुगेका छन् । ओली र थापा छुट्टा छुट्टै समयमा अस्पताल पुगि स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् । उनीहरु दुबैले कोइरालाको स्वास्थ्य लाभको कामना गर्दै प्रभावकारी उपचारको लागि चिकित्सकहरुलाई निर्देशन दिए । मंगलबार राती एकाएक बान्ता भएपछि अस्पताल लगिएका उनको बान्ता गर्ने क्रममा त्यसका केहि कण मुटुभित्र फसेपछि समस्या उत्पन्न भएको थियो । डाक्टरका अनुसार त्यसपछि कोइरालाको अवस्था अचेत र स्थीर छ। उनलाई भेन्टिलेटरको सहयोगले श्वाशप्रस्वास गराइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप