सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सात लाखको भिर मह उत्पादन

बुधबार, २२ असार २०७३, १२ : ५२
बुधबार, २२ असार २०७३
म्याग्दी – गुर्जामा स्थानीयले रु सात लाख बराबरको मह उत्पादन गरेका छन् । वैशाखयता गाविसको विभिन्न भिर पहरामा सङ्कलन गरिएको ६०० किलो मह प्रशोधन गरी किसानले बिक्री गरिरहेका छन् । बजारमा प्रतिकिलो मह रु एक हजार २०० देखि एक हजार ६०० सम्ममा खरिद बिक्री भइरहेको छ । सदरमुकाम बेनीमा १०० किलो मह बिक्री गर्न आउनुभएका गुर्जाका झकबहादुर छन्त्यालले भिर महले बजार पाउन नसकेको बताउनुभयो । व्यापारीले जिल्ला वन कार्यालयबाट छुटपुर्जी लिएर मह सङ्कलन गर्दै आएका छन् । गुर्जाको घ्यासपुर, सितमनाथ, बरमथान, छहरा, रातोभिर, कुन्ना, ठूलोभिर, रिमतालालगायतका भिरमा मह सङ्कलन हुने गरेको छ । परम्परागत रुपमा गुर्जा, मुदी, लुलाङ, निस्कोट, कुइनेमङ्गले, चिमखोला गाविसमा मह सङ्कलन गरिन्छ । जिल्लामा वार्षिक दुई हजार २८० किलो भिरमह उत्पादन हुने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप