सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सदनमा मन्त्रीको जवाफ सुरु

बुधबार, २२ असार २०७३, १२ : ५४
बुधबार, २२ असार २०७३

काठमाडौं– व्यवस्थापिका संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथिका छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी छ ।

सरकारले ल्याएको बजेटमा आधारित सो विधेयकमाथिको छलफल सकेर यही असार २४ गते बजेट पारित गर्ने संसद् सचिवालयको तयारी छ ।

मन्त्री जवाफमा चित्त नबुझाउने तथा यसअघि सो विषयमा प्रश्न राख्ने सांसदहरुले प्रति प्रश्न गरी मन्त्रीलाई पुनःजवाफ दिन लगाउने प्रक्रिया दुई दिन चल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप