सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कुटपिटबाट एक व्यक्तिको मृत्यु

बुधबार, २२ असार २०७३, १३ : ०८
बुधबार, २२ असार २०७३

मोरङ– मोरङको बेलबारीमा मानसिक सन्तुलन गुमाएका एक युवकको कुटपिटबाट मृत्यु भएको छ ।

बेलबारी नगरपालिका–६ का २९ वर्षीय आशिष राईको कुटाइबाट टाउकोमा चोट लागेर गम्भीर घाइते भएका सोही ठाउँका ४० वर्षीय हरिबहादुर कार्कीको मृत्यु भएको हो ।

कार्कीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो ।

कुटपिटमा संलग्न राईलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप