सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भोटेकोशीको भीषण बाढीले २० घर बगायो, २०० घर जोखिममा

बुधबार, २२ असार २०७३, १३ : ४१
बुधबार, २२ असार २०७३

काठमाडौं– अबिरल वर्षापछि भोटेकोशी नदीमा आएको भीषण बाढीले सिन्धुपाल्चोकको तातोपानी क्षेत्रका २० घर बगाएको छ भने २०० घर उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

[caption id="attachment_61603" align="alignleft" width="838"] फोटो : बिमल नेपाल फेसबुक[/caption]

तातोपानी गाविसको १० किलोको लार्चादेखि लिपिङसम्म करिब २०० घर नदी कटानले गर्दा उच्च जोखिममा रहेको सीमा प्रहरी कार्यालय लार्चाका प्रहरी निरीक्षक खुमलाल भुसालले बताए  ।

नदी कटानले बाह्रबिसे–तातोपानी सडकखण्डमा पर्ने अरनिको राजमार्गको कोदारीमा ५० मिटर पक्कीसडक कटान गरिसकेको र कटान गर्ने क्रम क्रमशः बढ्दै गएको छ । तातोपानीस्थित मानसरोवर बोर्डिङ स्कुल बगाएको छ भने माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाको १० किलोस्थित बाँध (ड्याम) ५० प्रतिशत बगाइसकेको सीमा प्रहरी कार्यालयले जानकारी दिएको छ । पानी पर्ने क्रम नरोकिएको हुँदा नदी कटानले सडक तथा घरलाई अझ बढी क्षति पु¥याउन सक्ने प्रनि भुसालले बताए  । बाह्रबिसे आसपासमा भने बिहानको तुलनामा अहिले नदीको अवस्थामा सामान्य रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताए । बाढीले जुरे पहिरोको सडक कटानका साथै लेदो माटोले सडक अवरुद्ध पु¥याएपछि बाह्रबिसेदेखि तातोपानीसम्मको यातायात ठप्प भएको छ । त्यसैगरी तातोपानी भन्सारको क्यान्टिन र दुईवटा ट्रिपर बगाएको छ । जम्बोस्थित अरनिको राजमार्गको ५० मिटर सडक कटान गरेको र ठाउँठाउँमा पहिरोले क्षति पु¥याएको प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बताए  । गएराति १० बजे एक्कासि नदीको वहाब बढ्न गएकोले बाह्रबिसेमा रहेको कुखुरा फर्म तथा प्लाइ फर्म, ब्लक उद्योग र जाली बुन्ने उद्योग डुबानमा परेको छ । त्यस्तै बाह्रबिसेको मोटर ग्यारेजबाट टाटासुमो एक र जिप एकसमेत बगाएको छ । हालसम्म मानवीय क्षति नभएको र भोटेकोसी नदीको पानीको सतह सामान्य अवस्थाको भन्दा करिब डेढ मिटर जति बढिरहेको प्रमुख जिल्ला अधिकारी दुवाडीले जानकारी दिए  ।

अधिकारीहरुले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको भन्दै अझैं बाढीको आउने क्रम जारी रहेको छ । प्रहरीले तीब्बती भूभागमा भीषण वर्षा जारी रहेकाले बाढी आउने क्रम नरोकिएको जनाएको छ । तर, हिजोको तुलनामा नदीको सतह घटेको छ ।

बाढीका कारण नदी तटीय क्षेत्रका सर्वसाधरणलाई सुरक्षित स्थानमा सारिएको छ भने सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीले उद्दारको कार्य जारी राखेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप