सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुरक्षागार्ड नै लुट्ने डाँका १३ वर्षपछि पक्राउ

बुधबार, २२ असार २०७३, १६ : ३२
बुधबार, २२ असार २०७३

वीरगञ्ज–सुरक्षा गार्डलाई कुटपीट गर्दै लुटपाट गरेर फरार भएका एक अरोपीलाई धनुषा प्रहरीले १३ बर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको बटेश्वर वडा ७ बस्ने बर्ष ३४ का बुधन महतो रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलिले उनलाई मंगलबार बटेश्वरबाटै पक्राउ गरेको हो । २०६३ साल साउन २३ गतेका दिन धनुषाको नक्टाझिज स्थित कसमस सिमेन्ट ईन्डस्ट्रज प्रा.लि. मा कार्यरत सुरक्षागार्ड जिवनाथ घिमिरेलाई कुटपिट गरी धनमाल लुटी महतो फरार रहँदै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप