सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सशांकको अवस्था थप गम्भीर, चिकित्सकहरुले भने -भारत लैजाने भए हामी जिम्मा लिन सक्दैनौं

बुधबार, २२ असार २०७३, १७ : ५७
बुधबार, २२ असार २०७३

काठमाडौं– ओम अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका नेपाली कांग्रेसका महामन्त्री शशांकको कोइरालाको अवस्था थप गम्भीर बनेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

अस्पतालले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरी कोइरालाको अवस्था थप गम्भीर रहेको जानकारी दिएको हो । अस्पतालका प्रवक्ता लव जोशीले भने, ‘उहाँ मेकानिल भेन्टिलेटरमा नै हुनुहुन्छ, २४ घण्टा पूरा नभएसम्म के हुन्छ भनेर भन्न गाह्रो छ ।’ उनले बिहान १०० प्रतिशत अक्सिजन दिइएकोमा अहिले ८० प्रतिशत अक्सिन दिइएको भन्दै प्रेस बढाउनेदेखिका औषधि चलाइरहेको जानकारी दिए । उनले अगाडि भने , ‘बान्ता भएपछि अड्किएर निमोनिया भएको छ, ब्लेड लेभल र किड्नीमा पनि केही समस्या देखिएको छ । विभिन्न अंगहरुले राम्रो सँग काम गरिरहेको छैन । ’

उनका अनुसार अहिले मुटुको चाल ८० प्रतिमिनेट र ब्लड प्रेसर १००–५० रहेको छ ।

मंगलबार राती स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले ओम अस्पताल लगेको थियो । राती नै ओममा भर्ना भएका उनको स्वास्थ्य अवस्था भने बुधबार बिहान ४ बजेपछि नाजुक बन्न पुगेको थियो ।

रातीदेखि बिहानसम्म लगातार बमिट गरिरहेका उनको बिहान साढे पाँच बजे बमिट सर्किएर मुटुमा असर गर्न पुगेको बताइएको छ । लगत्तै अचेत बनेका उनलाई चिकित्सकहरुले भेन्टिलेटरमा सारेका थिए ।

‘विदेश लैजान सम्भव छैन’ पत्रकार सम्मेलनमा अस्पतालले यहि अवस्थामा विदेश लैजान सम्भव नरहेको बताएको छ । प्रधानमन्त्री तथा कांग्रेसकै केहि नेताहरुले थप उपचारका लागि भारतमा लैजाने बताइरहेको बेला यही अवस्थामा लैजान सम्भव नहुने बताएको हो ।

‘यहिले कै अवस्थामा विदेश भारत तथा अरु देशमा लैजान सम्भव छैन, त्यसरी लगिए लैजानेहरुले नै जिम्मेवारी लिनुपर्ने हुन्छ, हामी जिम्मेवारी लिन सक्दैनौं’, प्रवक्ता जोशीले भने ।

‘विहानदेखि अहिलेसम्म स्वास्थयमा सुधार भयो भन्न सकिन्न, बाहिर लाने विषयमा प्रधानमन्त्रीले पनि भन्नुभयो तर स्थिति ठीक छैन । ट्रान्सफोर्ट गर्न सकिँदैन भन्ने हामीले तर्क राख्यौं’, उनले अगाडि भने, ‘ मान्छेलाई लैजान पनि सक्नुपर्यो नी । पठाउने भन्दैमा हाम्रो जिम्मेवारीबाट पन्छेर पठाइहाल्न मिल्दैन । यहाँबाट एयरपोर्टसम्म त्यसपछि एक घण्टाको फ्लाइट धान्न सक्नुहुन्छ कि हुन्न डा साबले ? परिवारसँग पनि सल्लाह गर्यौं । वहाँहरुले तपाईंहरुले जे गरिरहनुभएको छ, त्यही अनुसारले अघि बढौं भन्नुभएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप