मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पर्यटकीय गन्तव्यका लागि बृहत सचेतनामुलक कार्यक्रम

बुधबार, २२ असार २०७३, १९ : २४
बुधबार, २२ असार २०७३

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाको बाउन्नकोटीमा रहेको बाउन्नकोटी सामुदायिक वनको मुख्य आयोजनामा साविक टिकुलीगढ, मधवलिया र चिल्हिया, पडषरी चार गाविसलाई पूर्ण सरसफाईको क्षेत्र बनाउने अभियानसहित चारै गाविसको प्रतिनिधित्व हुने गरी मंगलबार र बुधबारको दुई दिने बृहत सरसफाई सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

सन् २०३२ सम्म पूर्ण सरसफाई तथा खुल्ला दिशामुक्त क्षेत्र बनाउने सरकारको लक्ष्यलाई हैसेमा होष्टे गर्ने मूख्य अभिप्रायले सबै गाविसलाई खुल्ला दिशामुक्त मात्र नभई पूर्ण सरसफाई क्षेत्र बनाएर शान्त सुन्दर र स्वच्छ वातावरणको निर्माण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने भावी योजनासहित सबैलाई सचेत र सजग बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक तथा सभापति बिमला चौधरीले जानकारी गराईन् ।

खुल्ला दिशामुक्त क्षेत्रको लागि निरन्तरता, दिगो रुपमा व्यक्तिगत स्वच्छताको विकास गर्न, पानीको सुद्धिकरण, घरायसी फोहरमैलाको समूचित व्यवस्थापन, प्लाष्टिकरहित क्षेत्र, पूर्ण सरसफाईका लागि क्षमता अभिवृद्धि र व्यवस्थापन गर्ने शैली तथा त्यसबाट पर्ने प्रभावको बारेमा प्रयोगात्मक शैलीमा दिगो शान्ती विकासका लागि एकता भैरहवाका ठाकुर प्रसाद खनालको प्रशिक्षणमा सम्पन्न भएको हो ।

झण्डै सात हजारको सेरोफेरोमा घरधुरी संख्या रहेको चार गाविसको बाउन्नकोटी सामुदायिक बनलाई उद्यानको रुपमा विकसित गरेर आन्तरिक तथा वाह्य पर्यटकहरुलाई भित्र्याउन सकेको अवस्थामा चारै गाविसलाई फाईदा हुने औल्याउँदै बोल्ने अधिकांस बक्ताहरुले सरसफाईलाई पहिलो प्रथामिकतामा राखेर सबैले आफ्नो घर मात्र नभई टोल छिमेक र गाउँलाई सुन्दर शान्त र सफा राख्नु पर्ने धारणा राख्दै खुल्ला दिशामुक्त र पूर्ण सरसफाई क्षेत्र बनाउन नसकेको अवस्थामा सुन्दर शान्त पर्यटकीय गन्तव्य क्षेत्र बनाउने सपना सपनामै सिमीत रहने हुँदा सरसफाईमा विशेष ध्यान दिनु पर्ने कुरामा जोड दिएका थिए ।

जिल्ला बन महासंघकी अध्यक्ष मिना पाण्डेको प्रमुख आतिथ्यता, नारायणी घिमिरेको स्वागत मन्तव्य र नन्द प्रसाद गुरुङको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा दुई दिनमा करिब दुई सय ५० भन्दा बढीको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप