मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

महिलाहरुको सक्रियतामा पाहुना घर निर्माण

बिहीबार, २३ असार २०७३, ०८ : २१
बिहीबार, २३ असार २०७३

म्याग्दी  – म्याग्दीको राम्चेमा महिलाहरुको सक्रियता र नेतृत्वमा सामुदायीक भवन तथा पाहुना घर निर्माण भएको छ ।

गाउँमा भित्रने पाहुनाहरुको आवास सुविधाका लागि देउराली आमा समूहले राम्चे–४ मा सामुदायीक भवन निर्माण गरेका हुन् । नौ लाख रुपैयाँभन्दा बढी लगानी भएको भवनमा सामुदायीक लज सञ्चालन गर्ने तयारी गरेको भवन निर्माण समितिकी संयोजक माया पुर्जाले जानकारी दिए ।

दुई तले भवनको माथिल्लो तलामा १२ जना क्षमताको ६ वटा कोठा रहेका छन् । तल्लो तलामा डाईनीङ, भान्छा कोठा र तालीम हल बनाइएको छ । जिविसको पाँच लाख २९ हजार, पशुपंक्षी विकास राज्यमन्त्री नरदेवी पुनको सांसद विकास कोषबाट एक लाख र गाविस कार्यालयको एक लाख ९६ हजार रुपैयाँ अनुदानमा भवन निर्माण गरिएको हो ।

भवन निर्माणका लागि महिलाहरुको मात्रै सहभागितामा उपभोक्ता समिति गठन भएको थियो । सरकारी निकायसंग समन्वय गर्नेदेखि स्थानीय स्तरमा जनसहभागिता जुटाउने काम महिलाहरुलेनै गरेका हुन् । उनीहरुलाई गाउँका अगुवा र पुरुषहरुले पनि साथ दिएका छन् । आवास र भान्छाको सामाग्री जुटाएर सामुदायीक लज सञ्चालनमा ल्याउन थप पाँच लाख रुपैयाँ आवश्यक पर्ने संयोजक पुर्जाको भनाई छ । गाउँमा आउने पाहुना र पर्यटकलाई सामुदायक लजमा बसोबासको ब्यवस्था मिलाउने योजना रहेको राम्चेका अगुवा फासबहादुर पुर्जाले बताए ।

लजबाट भएको आम्दानी गाउँको विकास तथा सामाजिक काममा परिचालन गर्ने लक्ष्य राखिएको छ । आमा समूहले गाउँमा सडक निर्माण, सामुदायीक विद्यालय, भवन निर्माण लगायत सामाजिक र विकास निर्माणका काममा सघाउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप