सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ज्ञानेन्द्रलाई शुभकामना दिन निर्मल निवास पुगे ओली सरकारका उपप्रधानमन्त्री

बिहीबार, २३ असार २०७३, १२ : ०६
बिहीबार, २३ असार २०७३
काठमाडौं– केपी ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री कमल थापा पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुभकामना दिन बिहिबार बिहान निर्मल निवास पुगेका छन् । थापा बिहान निर्मल निवासमा पुगि शाहलाई शुभकामना दिएर फर्किएको राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको पक्षमा वकालत थापाले वकालत गर्दै आएका छन् । तर पछिल्लो समय उनले राजतन्त्रको मुद्दालाई कम महत्व दिँदै हिन्दुराष्ट्रको मुद्दालाई मात्रै सशक्त रुपमा उठाउँदै आएका थिए । यसरी उनले राजतन्त्रको मुद्दालाई कम महत्व दिनु ज्ञानेन्द्रसँग सम्बन्ध बिग्रिएको भनि टिप्पणी हुँदै आएको थियो । पूर्वराजा शाहको बिहिबार ७० औं जन्मोत्सव हो । उनलाई शुभकामना दिन बिहानैदेखि राजावादीहरुको निर्वाल निवासमा भीड लागेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप