सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आँखु खोला जलविद्युतको साधारण सेयर आउने

बिहीबार, २३ असार २०७३, १२ : ४०
बिहीबार, २३ असार २०७३

काठमाडौ–आँखु खोला जलविद्युत कम्पनीले साधारण सेयर (आइपिओ)निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले धितोपत्र बोर्डमा यस विषयमा आवेदन दिएको जनाएको छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका ८ लाख कित्ता साधारण सेयर जारी गर्ने जनाएको हो । कम्पनीका अनुसार यो ८ करोड रूपैयाँ बराबरको साधारण सेयर हो । वोर्डले साउनमा मात्रै कम्पनीले सेयर निष्काशनका लागि अनुमति पाउने जनाएको छ । कम्पनीले धादिङको लापा र सेर्तुङ गाविसमा तातोपानी खोला र म्यानचेट खोलालाई मिलाएर २५.४ मेगावाट विद्युत उत्पादन गर्नेगरी आयोजना निर्माण गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप