सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुनचाँदी व्यवसायी महासंघ भन्यो : ढिक्का सुन लिएर आउन बन्देज नलगाउ

बिहीबार, २३ असार २०७३, १२ : ४३
बिहीबार, २३ असार २०७३

काठमाडौ–भन्सार विभागले आगामी साउन १ गतेवाट विदेशवाट आउने नेपालीले ढिक्का सुनचाँदी लिएर आउन लगाएको वन्देजप्रति नेपाल सुनचाँदी व्यवसायी महासंघले विरोध जनाएको छ ।

अहिलेपनि माग अनुसार व्यवसायीले सुनचाँदी नपाइरहेको अवस्थामा विदेशवाट आउने नेपालीले ल्याएको ढिक्का सुनले केही भरथेग पुग्ने गरेको भन्दै नयाँ व्यवस्था खारेज गर्न महासंघले सरकारलाई आग्रह समेत गरेको छ । विदेशवाट आउनेले ढिक्का सुनचाँदी ल्याउन नपाउने तर तयारी गहरगहना ल्याउन पाउने व्यवस्थाले विदेशी मुद्राको व्ययभार बढ्ने महासंघको ठहर छ ।

यस्तै, सरकारले गरेको नयाँ व्यवस्थाले तस्करलाई नै फाइदा पुग्ने भएकाले पहिलाकै व्यवस्था कायम गर्न महासंघले माग गरेको छ । सिजनमा दैनिक ३५ किलो सुन माग रहेपनि बाणिज्य बैंकहरुले १५ किलो मात्र उपलव्ध गराउँदा २२ हजार सुनचाँदी व्यवसायी र एक लाख भन्दावढी कालिगडलाई पेशा जोगाउनै समस्या रहेको महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

सोही कारण सिजनमा हुने मागलाई पनि बिदेशवाट आउने व्यक्तिले ल्याएको ठिक्का सुनले सहयोग पुग्ने गरेको महासंघको भनाइ छ । महासंघले ढिक्का सुनचाँदीको वितरणमा व्यवस्थित गर्दै अनुगमन र नियमन प्रभावकारी वनाउन माग पनि गरेको छ । तर, भन्सार विभागको नयाँ नीति भने लागु गर्न नहुने ठहर महासंघको छ ।

भन्सार विभागले विदेशवाट आउने व्यक्तिलाई प्रयोग गरेर सुनचाँदीको तस्करी बढ्दै गएको भन्दै आगामी साउन १ गतेवाट विदेशवाट आउनेले ढिक्का सुनचाँदी ल्याउन नपाउने व्यवस्था गरेको छ ।

यस अघि विदेशवाट आउनेले ५० ग्राम सुन र ५ सय ग्रामसम्म ढिक्का सुन साथमा लिएर आउन पाउने व्यवस्था थियो । तर, अव ५० ग्राम वरावरको तयारी सुनको गहना र ५ ग्रामसम्मको चाँदीको तयारी गहरगहना मात्र साथमा लिएर आउन पाउने व्यवस्था भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप