सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

निःशुल्क कृत्रिम गर्भाधान

बिहीबार, २३ असार २०७३, १२ : ५६
बिहीबार, २३ असार २०७३
पाल्पा- निःशुल्क कृत्रिम गर्भाधान सेवाले व्यावसायिक पशुपालनमा किसानको आकर्षण बढ्दै गएको छ । साँढे र राँगो पाल्दा हाडनाता पर्ने तथा नश्ल सुधार गर्ने उद्देश्यले जिल्ला पशुसेवा कार्यालयले अभियानका रुपमा कृत्रिम गर्भाधान सेवा सञ्चालन गरेको हो । कार्यालयले किसानको घर घरमा पुगेर सेवा दिन थालेपछि हिजोआज नागरिक साँढे र राँगोको सट्टा कृत्रिम गर्भाधान सेवातर्फ आकर्षित भएका हुन् । यस वर्ष कार्यालयले एक हजार ८४३ गाई, ८०७ भैँसी, ६४ वटा बाख्रा गरी जम्मा दुई हजार ७१७ पशुमा कृत्रिम गर्भाधान गराएको पशु विकास अधिकृत डा चन्द्रबहादुर रानाले जानकारी दिए । गत वर्ष एक हजार ६४२ गाई, एक हजार १७४ भैँसी र २४ बाख्रामा गरी जम्मा दुई हजार ८४० पशुमा कृत्रिम गर्भाधान गराइएको थियो । जिल्लाका रामपुर, ताहुँ, हुँगी, आर्यभञ्ज्याङ, मदनपोखरा, खस्यौली, छहरा र अर्गली सेवाकेन्द्रबाट कार्यालयले किसानलाई उक्त सेवा दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप