सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धारिलो हतियारको प्रहारबाट हत्या

बिहीबार, २३ असार २०७३, १२ : ५९
बिहीबार, २३ असार २०७३

दाङ– दाङमा एक जना महिलाको धारिलो हतियारको प्रहारबाट हत्या भएको छ ।

दाङ देउखुरीको सतवरिया–८ रिहारमा २७ वर्षीया बालिका चौधरीको घरमै चक्कु प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए । रिहारमा किराना पसल गर्दै आएकी चौधरी सोही घरमा डेरा बस्दै आएकी थिइन् । उनको गएराति हत्या भएको प्रहरीले बताएको छ ।

चौधरीको शव नजिकै एउटा धारिलो चक्कु फेला पर्नुका साथै उनको शरीरमा खत समेत देखिएकाले चौधरीको हत्या भएको आशङ्का गरिएको एसपी सिंहले बताए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप