सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जुफाल विमानस्थलमा हवाई सेवा बन्द

बिहीबार, २३ असार २०७३, १३ : १३
बिहीबार, २३ असार २०७३

डोल्पा  – डोल्पामा यातायातको एकमात्र साधनको रुपमा रहेको जुफाल विमानस्थल बन्द भएको छ ।

[caption id="attachment_37717" align="alignleft" width="448"] file photo[/caption]

नेपालन्जबाट–डोल्पा हवाई मार्गअन्तर्गत बीचमार्गमा वर्षात् र कुहिरोले मार्ग अवरुद्ध भएपछि गत सोमबारदेखि हवाई सेवा ठप्प भएको नागरिक उड्डयन प्राधिकरण जुफालले जनाएको छ साथै कुहिरोले विमानस्थल समेत छोपेको प्राधिकरणले जनाएको छ ।

विमानस्थल अवरुद्ध भएपछि पर्यटक, सर्वसाधारण, विद्यार्थी तथा बिरामीको चाप बढेको छ भने आफ्नो गन्तव्यसम्म पुग्न नपाएको गुनासो उनीहरुले गरेका छन् ।

चार दिनदेखि विमानस्थल बन्द भएपछि सर्वसाधारण गन्तव्यसम्म पुग्नको लागि जोखिम मोल्दै पैदलमार्ग गर्न बाध्य भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप