सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भेन्टिलेटरमा रहनुभएका शशांकजीले मलाई चिन्नुभयोः प्रकाशमान

बिहीबार, २३ असार २०७३, १३ : ३२
बिहीबार, २३ असार २०७३

काठमाडौं– राजधानीको ओम अस्पतालको भेन्टिलेटरमा उपचाररत कांग्रेस महामन्त्री सशांक कोइरालाको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । sas बिहिबार मध्यान्ह बिरामी कोईराला लाई भेटेर बाहिरिएका कांग्रेस नेता प्रकाशमान सिंहले कोइराला होसमा रहेको भन्दै बोलाउँदा आफूलाई चिनेको बताए । ‘मैले बोलाउँदा उनले आँखा खोलेर रोस्पोन्स गर्नुभयो ’ उनले भने, ‘हिजोको तुलनामा निकै सुधार भएको पाएँ ।’ उनले आज साँझ या भोलिसम्म भेन्टिलेटर बाहिर निकाल्ने बिषयमा चिकित्सकहरुले छलफल गरिरहेको समेत बताए । स्वास्थ्यमा गम्भीर समस्या भएपछि बुधबार बिहानदेखि कोइराला ओम अस्पतालको भेन्टिलेटरमा उपचाररत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप