सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बालाजुमा अनौठो क्लिनिक भेटियो, एक दर्जन ‘नक्कली डाक्टर’को नाम राखेर प्रचार

बिहीबार, २३ असार २०७३, १४ : २५
बिहीबार, २३ असार २०७३

काठमाडौं– राजधानीको बालाजुमा १० वर्षदेखि नविकरणनै नगरी अवैधरुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गरिँदै आएको पाइएको छ ।

बालाजु भेगको चर्चित स्वास्थ्य क्लिनिक मानिने ‘बालाजु स्वास्थ्य क्लिनिक’ले १० वर्षदेखि नविकरण बिनै सेवा दिँदै आएको पाइनुका साथै अनाधिकृत ढंगले दर्जनबढी डाक्टरको नाम टाँस गरी क्लिनिकको प्रचार गरेको पाइएको छ ।

आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, जिल्ला प्रशासन कार्यालय र औषधि व्यवस्था विभागको संयुक्त टोलीले बिहिबार सो क्लिनकमा गरेको अनुगमनका क्रममा गलत प्रचार र विना दर्ता नै क्लिनिन सञ्चालन गरेर उपभोक्ता ठगिरहेको पाइएको हो ।

उपभोक्त हित संरक्षण विभागका अनुगमन अधिकृत श्रीप्रसाद अधिकारीले अनुगमनका क्रममा स्वास्थ्य क्लिनिकले कुनै पनि मापदण्ड पूरा नगरेको बताए ।

‘क्लिनिकले विभिन्न डाक्टरहरुको नाम प्रचार गरेर विरामी तान्ने गरेको पाइयो, तर २०६३ सालमा अस्पताल सञ्चालनका लागि अनुमति लिनु बाहेक अहिलेसम्म नविकरण समेत नगरेको पाइयो’, उनले भने ।

यस्तै क्लिनिकले औषधिमा चर्को असुल गर्ने गरेको, फिजियो थेरापी, एक्से, भिडियो एक्सेरे जस्ता जाँचमा मनपरी शुल्क असुल्ने गरेको र विभिन्न बहानामा अतिरिक्त शुल्क असुल्ने गरेको पाइएको अुनगमनबाट खुलासा भएको छ ।

क्लिनिक सञ्चालिका सरस्वती बुढाथोकीले केहि कमजोरी भएको स्वीकार गरिन् । तर, आफूले उपचारमा भने कुनै कमजोरी नगरेको दाबी गरिन् ।

एक दर्जन डाक्टरहरुको नाम राखेर गरिएको प्रचारबारे भने उनले पहिले उनीहरुसँग सम्झौता गरेको तर अहिले भने सम्झौता सकिएपनि बोर्डमा भएको नाम भने हटाउन नभ्याइएको दाबी गरिन् ।

अनुमगमन टोलीले क्लिनिक मापदण्डविपरित सञ्चालन भएको ठहरसहित सिलबन्दी गर्दै तीन दिनभित्र आवश्यक कागजपत्रसहित उपस्थित हुन निर्देशन दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप