सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

व्यवसायिक बाख्रा पालनतर्फ किसानहरुको आकर्षण बढ्दै

बिहीबार, २३ असार २०७३, १६ : ०२
बिहीबार, २३ असार २०७३

सल्यान–सल्यानमा व्यवसायीक बाख्रपालन तर्फ किसानहरुको आकर्षण बढ्दै गएको छ । निर्वाहमुखी बाख्रापालन गर्दै आएका किसानहरु अहिले व्यवसायीक रुपमा बाख्रापालनमा लागेका हुन् । प्रत्येक घरमा ४÷५ वटा बाख्रा पालन गर्दै आइरहेका सल्यानीहरुले पछिल्लो समय फर्म नै दर्ता गरी व्यवसायिक रुपमा लागेका हुन् । थोरै लगानीबाट पनि मनग्य आन्दानी हुने भएपछि किसानहरु व्यवसायिक रुपमा लागेका हुन् । जिल्ला पशु सेवा कार्यालय मार्फत सञ्चालन गरिएको युवा लक्षित कार्यक्रम अन्तर्गत अनुदानको व्यवस्थाले पनि किसानहरुको आकर्षण बढाएको जिल्ला पशु सेवा कार्यालय सल्यानका पशु बिकास अधिकृत सुबर्ण सिङं ठकुरीले बताए । सल्यानमा बाख्रापालन ब्यवसाय राम्रो सँग गर्न सकिने भन्दै उनले जंगल नजिक भएकाले घाँस र चरणको पनि समस्या नपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप