सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘बिरामी शशांकले देउवालाई नमस्कार गर्दै बोल्न खोजे’

बिहीबार, २३ असार २०७३, २२ : ३८
बिहीबार, २३ असार २०७३

काठमाडौँ – अस्वस्थ्य भई ओम अस्पतालमा उपचारार्थ नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य अवस्थामा निकै सुुधार आएको छ । उनमा चेतना आएको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालको विज्ञप्ति उद्धृत गर्दै पार्टीले जनाएको छ । महामन्त्री डा कोइरालाको स्वास्थ्य स्थितिबारे जानकारी लिन काँग्रेसका सभापति शेरबहादुर देउवा पुनः आज साँझ अस्पताल पुगेका थिए ।

सभापति देउवालाई डा कोइरालाले उठेर नमस्कार गर्दै बोल्न खोजको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज साँझ प्रेस विज्ञप्तिमार्फत जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप