सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धावनमार्गमा गुडिरहेका बेला निगमको जहाजमा चरा ठोक्किएपछि...

बिहीबार, २३ असार २०७३, २२ : ५०
बिहीबार, २३ असार २०७३

काठमाडौँ – चरा ठोक्किएको नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज मर्मतका लागि करिब एक साता लाग्ने भएको छ । त्रिभुवन विमानस्थलमा बिहान १०ः५ बजे उक्त जहाज हङकङका लागि उड्न धावनमार्गमा गुडिरहेका बेला चरा ठोक्किएपछि जहाजलाई आकस्मिक रुपमा रोकिएको थियो । जहाजमा ५८ यात्रु र आठ जना चालक दलका सदस्य थिए । विमानमा सवार सबै सकुशल रहेको निगमले जनाएको छ । चरा ठोक्किएपछि जहाजको दायाँ इन्जिनमा समस्या आएकाले मर्मतका लागि झन्डै एक साता लाग्ने अनुमान गरिएको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए । जहाज ग्राउन्डेड भएपछि अन्य जहाजबाट यात्रुलाई हङकङ उडाइएको उनले बताए । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई एयर बस ए ३२०, २०० र दुई बोइङ ७५७ जहाज छन् । सोमध्ये एउटा बोइङ एउटा इन्जिन बनाउनै नमिल्ने गरी बिग्रिएपछि ग्राउन्डेड अवस्थामा छ । निगमले तीन जहाजबाट तालिका बनाएर अन्तर्राष्ट्रिय उडान उडान भरिरहेको थियो । निगमले अहिले पाँच देशका सात गन्तव्य क्रमशः भारतको नयाँदिल्ली, मुम्बइ, बैङ्लोर, बैंकक, हङकङ, दोहा र मलेसियामा उडान भर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप