सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चट्याङ लागेर आमाछोराको मृत्यु

बिहीबार, २३ असार २०७३, २२ : ५२
बिहीबार, २३ असार २०७३
लुम्बिनी  – यहाँ चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । खेतमा काम गरिरहेका बेला चट्याङ लाग्दा मैनहिया गाविस–४ अमारीका ४४ वर्षीया शुभवती धवल र उनका छोरा रामकेशको मृत्यु भएको प्रहरीले जनाएको छ । खेतमा काम गरिरहँदा राति ८ बजे परेको चट्याङ लाग्दा घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए । चट्याङ लागेर घाइते भएका चार जनालाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा ल्याइएकामा दुई जनाको मृत्यु भएको थियो । घाइते ६५ वर्षीया सोनमती भर र १९ वर्षीय प्रदीप धवलको मेडिकल कलेजमा उपचार भइरहेको र दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप