सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तीन घन्टाको अन्तरालमा फरक स्थानमा दुई परकम्प

बिहीबार, २३ असार २०७३, २२ : ५६
बिहीबार, २३ असार २०७३
काठमार्डौँ– झन्डै तीन घन्टाको अन्तरालमा आज फरक स्थानमा दुई परकम्प गएका छन् । साँझ ५ बजेर ३८ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको थाङ्पालधाप र थाङ्पालकोट गाविसका बीच बच्छलादेवी केन्द्रबिन्दु भई ४.४ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत वर्ष वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि हालसम्म ४ रिक्टर स्केल वा त्यसमाथिका ४६५ परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । यसअघि लमजुङको भुलभुले आसपास केन्द्रविन्दु बनाएर आज अपराह्न २ बजेर ४४ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको थियो । परकम्पबाट तनहुँको दमौली आसपासका क्षेत्रमा पनि धक्का महसुस गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप