सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी पुलिसद्वारा अश्वेत व्यक्तिमाथि गोली प्रहार, मर्नुभन्दा पहिलेको भिडियो प्रेमिकाद्वारा सार्वजनिक

शुक्रबार, २४ असार २०७३, १० : ५४
शुक्रबार, २४ असार २०७३

मिनियापोलिसका पुलिस अधिकारीले एक अश्वेत नागरिकलाई बुधबार ट्राफिक स्टपमा गोली हानी हत्या गरेका छन् । मृतककी प्रेमिकाले उक्त घटनाको फुटेज फेसबुकमा पोष्ट गरेकी छिन् ।

‘बिना कारण कोही मानिसलाई गोली हान्ने अधिकार कसैलाई पनि छैन । पुलिसलाई समेत,’ डायमण्ड रेनोल्ड, मृतक फिलान्डो क्यासटाइलकी प्रेमिकाले पत्रकारहरुलाई बताइन् ।

उनका अनुसार क्यास्टाइललाई उनी र उनीहरुका ४ वर्षीया छोरीको सामुन्ने गाडीको पछाडिको लाइट भाँच्चिएको भन्दै पुलिसले गोली हानेका थिए ।

मिनेसोटाका गर्भनर मार्क डेटनले सरकारले यसविषयमा छानबिन सुरु गरिसकेको छ । ‘यस्तो प्रकारको व्यवहार स्विकार्य छैन,’ डेटनले भने । दर्जनौंको संख्यामा प्रदर्शनकारीहरुले सेन्ट पलस्थित गर्भनरको घर अगाडि गएर घटनाको छानबिन हुनुपर्ने र दोषीलाई कारवाही हुनुपर्ने माग गरिरहेका थिए ।

फर्गुसन, मिसौरीदेखि बाल्टिमोर र न्यूयोर्कमा अफ्रिकन–अमेरिकन विरुद्ध पुुलिसहरुको हातपात कहिले काँही समाचारमा आउने गर्दथ्यो । तर यो घटना निकै भिन्न छ किनभने फेसुबकमा यस घटनाको १० मिनेटको भिडियो राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप