सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बहिनीको सम्बन्धविच्छेदको विषयमा चिन्तित छन् सलमान

शुक्रबार, २४ असार २०७३, ११ : २३
शुक्रबार, २४ असार २०७३

बलिउडका ‘सुल्तान’ सलमान खानले बनाएको बहिनी श्वेता रोहिरा र उनका श्रीमान पुलकित सम्राटको सम्बन्धविच्छेद लम्बिरहेका कारण चिन्तित छन् । श्वेता र पुलकित एक वर्ष पहिले नै एक अर्काबाट छुटिइसकेका छन् ।

खबरलाई मान्ने हो भने सलमान आजकाल आफ्नी बहिनीको सम्बन्धविच्छेदको मिती तन्किरहेका कारण चिन्तित छन् । टाइम्स अफ इन्डियाका अनुसार सलमानले केही दिन पहिले आफ्नी बहिनी श्वेतासँग यसबारे लामो कुराकानी गरेका थिए ।

पुलकितलाई सम्बन्धविच्छेदको मिती लम्बिरहेको बारे प्रश्न सोध्दा उनले आफ्ना थुप्रै फिल्महरु रिलिज हुन लागेको र आफ्नो कानुनी प्रक्रियाका लागि उनीसँग समय नभएको बताए । आफूसँग समय हुने बित्तिकै सम्बन्धविच्छेद फाइल गरिदिने उनले बताए ।

श्वेता र रोहिराले सन् २०१४ मा विवाह गरेका थिए । उनीहरुको सम्बन्धविच्छेदको पछाडि पुलकितको अर्की महिलासँगको सम्बन्ध भएको बताइएको छ । खबरका अनुसार श्वेताको गर्भपतनपछि पुलकित यामी गौतमसँग डेट गर्न सुरु गरेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप