सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रमुख निर्वाचन आयुक्तमा अयोधिप्रसाद यादव अनुमोदित

शुक्रबार, २४ असार २०७३, ११ : ४२
शुक्रबार, २४ असार २०७३

काठमाडौं– संदसको संसदीय सुनुवाई समितीले प्रमुख निर्वाचन आयुक्तमा अयोधीप्रसाद यादवको नाम अनुमोदन गरेको छ ।

शुक्रवार सिंहदरबारमा बसेको समितीको बैठकले सर्वसम्मत रुपमा यादवको नाम अनुमोदन गरेको हो । समितीले उनको नाम अनुमोदन गरेसँगै यादवलाई प्रमुख निर्वान आयुक्त नियुक्त गर्नका लागी बाटो खुलेको छ ।

हाल कार्यवाहक प्रमुख आयुक्तका रुपमा रहेका यादवको विरुद्ध सर्वोच्चमा रिट परेको थियो । सो रिटको टुंगो नलागेसम्म सुनुवाई नै गर्न नहुने भन्दै यादवका विरुद्ध समितीमा दुईओटा उजुरी परेपनी उजुरीकर्ता सम्पर्कमा नआएपछी उनको नाम सर्वसम्मत अनुमोदन भएको हो ।

सुनुवाइमा प्रस्तावित प्रमुख आयुक्त यादवले आगामी मङ्सिर महिनामा स्थानीय तहको निर्वाचनका लागि साउनभरिमा सम्पूर्ण पूर्वाधारको व्यवस्थाका साथै स्थानीय तह निर्वाचनसम्बन्धी ऐन पारित भए आयोग निर्वाचन गराउन तयार रहेको बताए ।

सधैँका लागि र सबैका लागि निर्वाचन आचारसंहिता बनाइसकिएकाले आगामी दिन कुनै पनि दलका कार्यकर्ताले आचारसंहिता उल्लङ्घन गरे कारबाहीमा पर्ने जानकारी दिँदै उनले स्वच्छ निर्वाचनका लागि आधारभूत शर्त पालना गराउन र राम्रो व्यवस्थापनका लागि पर्याप्त छलफल अघि बढाउनुपर्छ भने ।

प्रस्तावित प्रमुख आयुक्त यादवले विद्युतीय मतदानका लागि छलफल भइरहेको, प्रवासी नेपालीको अनलाइन मतदानका काम अघि बढाइएको र सञ्चारमाध्यम पनि निर्वाचनका लागि सशक्त माध्यम भएकाले आगामी निर्वाचमा तिनको पनि साथ लिने उल्लेख गरे ।

उनले २०६४ सालको मतदाता सूचीमा रहेका त्रुटि सच्याउन फोटोसहितको मतदाता परिचयपत्र बनाइएको, मतदाता शिक्षा र सूचनाको अभियानलगायतका काम भएको बताए ।

आफ्नो पुनःनियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा दायर रिटमा प्रस्तावित प्रमुख आयुक्त यादवले अन्तरिम संविधानमा पुनःनियुक्तिका बारेमा कुनै कुरा उल्लेख नभएको र राष्ट्रपतिबाट संविधानअन्तर्गत बाधा अड्काउ फुकाउ आदेशबमोजिम गरिएका काम कारबाहीका सम्बन्धमा परेका अन्य रिटमा सर्वोच्च अदालतले संवैधानिक जटिलता र रिक्तता हुने अवस्था ठहराई मागबमोजिम आदेश जारी गर्न नपर्ने भनेकाले आफ्नो हकमा संवैधानिक जटिलता नआउने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप