सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नहरमा डुबेर बालक बेपत्ता, सैनिकपत्नीद्वाराआत्महत्या

शुक्रबार, २४ असार २०७३, ११ : ४७
शुक्रबार, २४ असार २०७३
राजविराज - सप्तरीको हनुमाननगर योगिनियामाई नगरपालिका–१ स्थित पश्चिमी नहरमा डुबेर बिहीबार साँझ एक बालक बेपत्ता भएका छन् । सोही नगरपालिका–१ बस्ने राजकुमार मण्डलका ४ वर्षीय छोरा ऋषिकुमार मण्डल डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । ऋषिले घरमा कोही नभएको बेला खेल्दाखेल्दै नहरमा डुबेका हुन् । डुबेका बालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसैबीच, राजविराजस्थित श्री कृष्णदल गणमा कार्यरत एक सैनिककी श्रीमतीले बिहीबार आत्महत्या गरेकी छन् । सुनसरी महेन्द्रनगर–७ घर भई हाल राजविराज नगरपालिका–९ मा डेरा गरी बस्ने ३० वषीया मञ्जु धामीले आफ्नै कोठामा सलको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ । मृतकका श्रीमान् दयाराम धामी नेपाली सेनाको पूर्वी पृतनापति खेलकुद प्रतियोगितामा बास्केटबल खेल्न सुनसरीको इटहरी गएका बेला सो घटना भएको प्रहरीले जनाएको तथा आत्महत्याबारे खुल्न नसकेको र यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । मृतककी एक नाबालिका छोरी रहेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप