सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अश्लिल सामग्री प्रस्तुत गरेको भन्दै स्न्यापच्याट विरुद्ध मुद्दा दर्ता

शुक्रबार, २४ असार २०७३, १३ : २१
शुक्रबार, २४ असार २०७३
कुनै बेला स्नयापच्याट साधारण एप थियो । यसमा तपाईंले फोटो खिचेर साथीलाई पठाउने गर्नुहुन्थ्यो । तर, यो केही समयपछि बिलायो । अहिले, यो मेसेजिङ एप, भिडियो सेयरिङ एप र न्यूज एप बनेको छ । यसलाई अनलाई कम्युनिकेसनको उपलब्धी नै मान्नुपर्छ । तर के यो अश्लिल छ ? के बच्चाहरुमा यसको नकारात्मक असर पर्छ ? यही विषयमा बिहिबार छलफल भएको छ । र यसबारे मुद्दा दायर समेत गरिएको छ । यसले स्न्याप्च्याटको डिस्कभको कार्यप्रति आपत्ति देखाएको हो । डिस्कभर स्नयापच्याटको यस्तो भाग हो जहाँ प्रकाशकहरु सबैमाझ चिन्न चाहन्छन् । स्न्यापच्याटको यही विधामा विभिन्न साइट जस्तै डेली मेल, भाइस, बजफिडका सामग्रीहरु प्रकाशित गरिन्छ र पढ्न सुझाव दिइन्छ । कस्मोपोलिटन म्यागजिनका सामग्री जस्तै ‘तपाईंलाई चरमोत्कर्षमा पुर्याउन नसक्दा तपाईंको पुरुषले यस्तो सोच्छन्’ लगायतका सामग्रीहरु प्रकाशित गरिन्छ । उमेर समूहको ख्याल नै नगरी यस्तो प्रकारको अश्लिल सामग्री प्रस्तुत गरेमा स्न्यापच्याटमाथि थुप्रै मानिसहरु आक्रोशित भएका छन् । ‘अमेरिकाका कयौं परिवारलाई स्न्यापच्याटले उनीहरुका बालबालिकाका लागि कस्तो प्रकारको सामग्री प्रकाशित गरिरहेको छ भन्ने विषयमा जानकारी नै छैन,’ लस एन्जलसका १४ वर्षीय जोन डोले दर्ता गरेको रिटले बताउँछ । यता स्न्यापच्याटले बिहिबार नै यसबारे बोलिसकेको छ । ‘यदि कोही व्यक्ति विशेषलाई यसले आहत पुर्याएको छ भने हामी क्षमाप्रार्थी छौं ,’ स्न्यापच्याटका प्रवक्ताले इमेलमार्फत जानकारी दिए । ‘हाम्रो डिस्कभर पार्टनरलाई इडिटोरियलको स्वतन्त्रता दिइएको छ र यसलाई हामीले सहयोग मात्र गरेका हौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप