सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिंहले डिजाइन गरेको जिन्स, लगाउने होइन त ? (भिडियोसहित)

शुक्रबार, २४ असार २०७३, १४ : १२
शुक्रबार, २४ असार २०७३
लुगा हाम्रो आधारभूत आवश्यकता मध्येको एक हो । हामीमध्ये धेरैले डिजाइनर ड्रेसपनि लगाउँछौं । विश्वभरी डिजाइनरको संख्या अनगिन्ती छ । यस्तोमा हामीलाई धेरैको नाम थाहा पनि छैन होला । तर आज हामी तपाईंलाई यस्तो डिजाइनर बारे जानकारी दिँदैछौं जसबारे पहिलो पटक सुन्दा तपाईंलाई अपत्यारिलो लाग्छ होला । यसै भनिएको होइन, संसार विचित्रको छ । र त यहाँ सिंह पनि डिजाइनर हुन्छन् । जंगलको राजा कसरी डिजाइनर भन्ने तपाईंमध्ये धेरैलाई लागेको होला । तर जापानका मानिसले सिंहलाई पनि डिजाइनरको सृजनात्मक काम सुम्पिएको छ । ‘जु जिन्स’ ब्रान्ड नाम अन्र्तगत यस्ता जिन्सहरुको उत्पादन गरिन्छ । ‘जु जिन्स’लाई सर्वप्रथम जापानको तोहोकु क्षेत्रको सेन्डाई सिटीमा अवस्थित तोहोकु गाक्वुइन युनिभर्सिटीको रिभाइटलाइजेसन क्याम्पेनअन्र्तगत निकालिएको थियो । पहिलो जिन्स सन् २०१४ मा लञ्च गरिएको थियो । यो पहिलो जिन्सको डिजाइनका लागि सिंह, बाघ र भालुहरुलाई डेनिमले बेरिएको खेलौनाहरु दिइयो । त्यसलाई समात्नको लागि उनीहरु त्यसलाई दाँतलाई समात्छन् र हातले चिथोर्छन् । यसरी नै ‘जु जिन्स’ निकालिन्छ । हुन त यो जिन्स निकै महँगो छ, यो जिन्स मानिसहरुमाझ निकै लोकप्रिय छ जसका कारण तोहोकु गाक्वुइन युनिभर्सिटीले अर्को सिंहले डिजाइन गरेको १० वटा जिन्स अनलाईनमार्फत लिलामीमा बेच्दैछ । अडीटी सेन्ट्रलका अनुसार सन् २०१६ को लागि दुईवटा सिंहहरु डिजाइनर भए । एउटा १९ वर्षीय भाले कर्टिस भने अर्की १६ वर्षीया पोथी ओनिल । जुन २५ का दिन ती दुबैलाई उनीहरुको मनपर्ने खेलौनामा डेनिमले बेरेर दिइयो । पछि त्यो डेनिमलाई मोमोटारो र जापान ब्लू, देशका शीर्ष दुई जिन्स उत्पादन गर्ने कम्पनीलाई १० वटा जिन्स उत्पादन गर्नको लागि दिइयो । यसवर्ष जू जिन्स अगस्ट १ तारिखदेखि बेचिनेछ जसको मूल्य ९५७.५५ अमेरिकी डलर हुनेछ । त्यसबाट आएको रकम याजियामा जुलोजिकल पार्कमा वातावरण सुरक्षा गतिविधिका लागि प्रयोग गरिनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप