सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ब्याचलरसमेत पास नगरेका बलिउड स्टार

शुक्रबार, २४ असार २०७३, १५ : ४२
शुक्रबार, २४ असार २०७३
ऐश्वर्या रायः निलो आँखाले सबैलाई मन्त्रमुग्ध पार्न सफल बलिउडकी निकै सफल नायिका ऐश्वर्या राय आफ्नो पढाईमा भने त्यति सफल हुन सकिनन् । सन् १९९४ मा विश्व सुन्दरी बनेपछि उनले आफ्नो पढाई छाडेकी थिइन् । बलिउडले उनको थुप्रै सपना साकार गरिदिएपनि आर्किटेक्ट बन्ने सपना भने खोसेको छ । सलमान खानः बलिउडका ‘सुल्तान’ सलमान खानले नेशनल कलेज बान्द्रामा आफ्नो पढाई सुरु गरेपनि उनको बलिउड यात्राले पढाई अधुरो बनाइदियो । दीपिका पादुकोणः मोडलिङमा आफ्नो करियर स्थापित गर्नका लागि दीपिका पादुकोणले आफ्नो माउन्ट कारमेलको पढाई बिचमै स्थगित गर्नुपर्यो । पछि उनले इग्नूमा शर्ट टर्म कोर्सको लागि आवेदन दिइन् तर यसलाई पनि उनले बिचमा नै छोडिदिइन् । करिना कपूरः रिफ्युजी फिल्ममा काम पाएपछि करिना कपूरको वकिल बन्ने सपना तुहियो । वकिल बन्नका लागि उनले मिठीबाई कलेजमा भर्ना पनि गरेकी थिइन् तर फिल्मी क्षेत्रमा हात हालेपछि उनी निकै व्यस्त भइन् र पढाईलाई निरन्तरता दिन सकिनन् । सोनम कपूरः सोनम कपूरले १२ कक्षासम्म मात्र पढेकी छिन् । आफूले थोरै पढेकोमा उनलाई पछुतो छ र त उनले एक अन्तर्वार्तामा चाँडै नै ब्याचलर पास गर्ने बताएकी छिन् । अक्षय कुमारः मार्सल आर्ट सिक्नका लागि अक्षय कुमारले आफ्नो शिक्षालाई थाती राखे । र पछि त्यही मार्सल आर्टले उनलाई बलिउडमा पाइला राख्न सहयोग गर्यो । करिष्मा कपूरः १६ वर्षमा बलिउड यात्रा तय गरेकी करिष्मा कपूरले स्कूलको पढाई नै पूरा गरेकी छैनन् । व्यस्तताले उनको पढाईलाई निरन्तरता दिनबाट रोक्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप