सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ऋतिककी पूर्वपत्नी सुजैनमाथि १५ करोडको मुद्दा दर्ताः धोका र मानहानीको आरोप

शुक्रबार, २४ असार २०७३, १६ : ०७
शुक्रबार, २४ असार २०७३
केही दिन अघि सुजैन खानमाथि गोवाको एक कम्पनीले उनीमाथि सवा करोड रुपैयाँ खाएको भन्दै उनीमाथि मुद्दा दर्ता गरेको थियो । यद्यपी, सुजैनले यो आरोप आधारहीन भएको बताउँदै यसको खण्डन गरेकी थिइन् । बिहिबार गोवाको त्यही कम्पनीले उनीविरुद्ध १५ करोडको मानहानी मुद्दा दर्ता गरेको छ । एक रियल स्टेट कम्पनीले सुजैनमाथि मानहानीको मुद्दा दर्ता गरेको छ । एमजी प्रोपर्टी नामक कम्पनीका मालिक मुदित गुप्ताले सुजैन खानले आफू आर्किटेक्ट बताउँदै पैसा लिएको आरोप लगाएका हुन् । पैसा लिएपनि उक्त प्रोजेक्टमा केही पनि काम नभएको बताएका छन् । मुदितका वकिल रंजित शेट्टीले अदालतले २० जुलाईमा मुद्दाको सुनुवाई हुने जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप