सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

उपचार गराएर फर्कने क्रममा भीरबाट लडेर महिलाको मृत्यु

शुक्रबार, २४ असार २०७३, १७ : १०
शुक्रबार, २४ असार २०७३
पाल्पा - भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । सदरमुकाम तानसेनबाट रामपुरतर्फ आउँदै गर्दा बिर्कोट गाविसको सेफत भिरबाट लडेर आज स्याङ्जा जिल्ला साँखर गाविसकी ५० वर्षीया दुर्गादेवी ढकालको मृत्यु भएको हो । तानसेन मिसन अस्पतालमा उपचार गरी घर फर्र्कने क्रममा ढकाल भिरबाट करिब चार सय मिटर तल खसेको उनका आफन्त रेशम कँडेलले जानकारी दिए । पहिरोका कारण उक्त सडक अवरुद्ध भएपछि ढकाल पैदल हिँडेर आउन खोज्दा भिरबाट खस्न पुगेको बताइएको छ । उनको शव परीक्षणका लागि रामपुर अस्पताल ल्याइँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप