सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थलमा भैंसीको बबण्डर

शनिबार, २५ असार २०७३, २२ : ५१
शनिबार, २५ असार २०७३
काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक छाडा भैसीले बबण्डर मच्चाएको छ । गौशालातर्फबाट सडकैसडक हुँदै विमानस्थलको मुलगेटबाट भैसी पस्दा शनिबार सो क्षेत्रमा भागदौड मच्चिन पुग्या । सो भैसीलाई प्रहरीले निकै लामो प्रयासपछि नियन्त्रणमा लिएको थियो । तर, सो क्रममा एक प्रहरी र अर्की एक महिला सामान्य घाइते भएको बताइएको छ । भैंसी भने नियन्त्रणकै क्रममा डोरीले बाँध्ने क्रममा भैंसी मर्न पुगेको बताइएको छ । दुई साता अघि पनि राधानीको सुन्धारा क्षेत्रमा अनियन्त्रित राँगोले बबण्डर मच्चाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप