सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साउन १० गते भित्र दुई राप्रपाबीच एकता भइसक्ने

शनिबार, २५ असार २०७३, २२ : ५५
शनिबार, २५ असार २०७३
भक्तपुर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले राप्रपा र राप्रपा नेपालबीच आगामी साउन १० गतेभित्र पार्टी एकता भइसक्ने बताएका छन् । पार्टी एकताका लागि बाँकी रहेका केही प्राविधिक कार्य सकिएलगत्तै एकता घोषणा सभाको आयोजना गरिने उनको भनाई छ । राप्रपा भक्तपुरले शनिबार अनन्तलिङ्गेश्वर नगरपालिका, गुण्डुमा आयोजना गरेको नगर भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले तत्काल सरकार परिवर्तन गरेर समस्या समाधान नहुने समेत बताए । वर्तमान सरकारको काम जस्तोसुकै भए पनि तत्काल सरकार परिवर्तनको खेलमा कोही पनि लाग्न नहुने उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप