सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बस्दै नबसी सत्तारुढ दलको बैठक स्थगित

शनिबार, २५ असार २०७३, २२ : ५८
शनिबार, २५ असार २०७३
काठमाडौँ – प्रधनमन्त्री केपी शर्मा ओलीले शनिबार साँझका लागि बोलाएको सत्तारुढ दलको बैठक बस्दै नबसी स्थगित हुन पुगेको छ । व्यवस्थापिका–संसद्को बैठक लम्बिएका कारण बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहाले जानकारी दिए । बैठक अब आइतबार साँझ बस्ने तय गरिएको उनको भनाई छ । सत्ता साझेदार प्रमुख घटक नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार गठनको विषयमा मार्ग प्रशस्त गरेपछि समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाईको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप