सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

खर्च कटौती प्रस्ताव अस्वीकृत

शनिबार, २५ असार २०७३, २३ : ०१
शनिबार, २५ असार २०७३

काठमाडौँ- व्यवस्थापिका–संसद्को आजको बैठकले विनियोजन विधेयक, २०७३ अन्तर्गत विभिन्न मन्त्रालयका निम्ति विनियोजित रकम कटौती गर्न सांसद प्रेम सुवालले गरेको प्रस्ताव बहुमतले अस्वीकृत ग-यो ।

त्यसैगरी सांसद अनुराधा थापा मगरले पनि विभिन्न मन्त्रालयका निम्ति विनियोजित रकम कटौती गर्नुभएको प्रस्ताव पनि बहुमतले अस्वीकृत ग(यो ।

त्यसअघि सभामुख ओनसरी घर्तीले सांसदद्वयलाई खर्च कटौतीको प्रस्ताव फिर्ता लिन आग्रह गरेकी थिइन् ।

दुवै सांसदले प्रस्ताव फिर्ता नलिने जानकारी सदनलाई गराएपछि ध्वनि मतका आधारमा ती प्रस्ताव अस्वीकृत भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप