सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रहरीले आफ्नै खुट्टामा गोली हाने

शनिबार, २५ असार २०७३, २३ : ०७
शनिबार, २५ असार २०७३
बनेपा - काभ्रेपलाञ्चोकमा एक प्रहरीले शनिबार आफ्नै खुट्टामा गोली हानेका छन् । प्रहरी चौकी श्यामपाटीमा कार्यरत पर्सा जिल्लाका २७ वर्षीय प्रहरी जवान जगत बैठाले आफूसँग रहेको थ्री नट थ्री राइफलले आफ्नै दाहिने तिघ्रामा एक गोली हानेको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । पारिवारिक तनावका कारण उनले आफैँलाई गोली हानेको प्रहरीले अनुमान गरेको छ । गोली लागेर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप