सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महासङ्घ अध्यक्षमा जम्मरकट्टेल

शनिबार, २५ असार २०७३, २३ : १०
शनिबार, २५ असार २०७३

काठमाडौँ । अखिल नेपाल ट्रेड युनियन महासङ्घलगायत विभिन्न छवटा मजदुर सङ्गठनको संयुक्त अधिवेशनले सालिकराम जम्मरकट्टेलको अध्यक्षतामा ७६५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । आज अबेर सम्पन्न अधिवेशनले उपाध्यक्षमा गणेश रेग्मी, जय कार्की, धनबहादुर विक, सोनालाल साह, उषा देवकोटा, एसबी थापा, कार्साङ लामा, राजेन्द्र किराती र कुमार छन्त्याललाई चयन गरेको छ । नवनिर्वाचित उपाध्यक्ष रेग्मीका अनुसार अधिवेशनले महासचिवमा जगत सिंखडालाई निर्वाचित गरेको छ । अधिवेशनले मजदुरको पेसागत हित, श्रम ऐनको कार्यान्वयन एवम् बदलिँदो परिवेशमा समयानुकूल श्रम तथा सोसँग सम्बन्धित ऐन नियमको निर्माणलगायतका विषयमा राजनीतिक प्रतिवेदनसमेत पारित गरेको छ । यस्तै, श्रम तथा श्रमिकका माग पूरा गराउन सरोकार भएका सबै पक्षहरुको सर्वपक्षीय परामर्शमा जोड दिने, सामाजिक सुरक्षा कोषको रकमको सदुपयोगलगायतका विषयमा समेत छलफल भएको उहाँले जानकारी दिनुभयो । महाधिवेशनले सङ्गठनको नामसमेत अखिल नेपाल ट्रेड युनियन महासङ्घ नै कायम गरेको छ । महाधिवेशनको उद्घाटन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गर्नुभएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप