सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विनियोजन विधेयक बहुमतले पारित

शनिबार, २५ असार २०७३, २३ : १२
शनिबार, २५ असार २०७३
काठमाडौँ - व्यवस्थापिका–संसद्को आजको बैठकले विनियोजन विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ । उक्त प्रस्ताव पारित गरियोस् भनी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सदनसमक्ष पेस गर्नुभएको थियो । त्यसअघि सदनले विनियोजन विधेयक, २०७३ का विभिन्न दफालाई पारित गरेको थियो । यस्तै सदनले आर्थिक विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले पारित गरेको छ । यस्तै आर्थिक विधेयक, २०७३ माथिको दफाबार छलफल भने यही असार २९ गते हुनेछ । त्यसैगरी राष्ट्र ऋण उठाउने विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई समेत सदनको सर्वसम्मतिले स्वीकृत गरेको छ । यसअघि सांसद डा रामशरण महत, प्रेम सुवाल र जनकराज जोशीले मुलुकभित्रै आवश्यक पुँजी मौज्दात रहेको अवस्थामा किन थप ऋण लिनुप¥यो भन्दै प्रश्न गर्नुभएको थियो । यस्तै ऋण तथा जमानत (एक्काइसाँै संशोधन) विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई पनि सर्वसम्मतिले स्वीकृत भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप