सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शशाङ्कको स्वास्थ्यमा सुधार : आइसियुबाट निकाल्ने तयारी

शनिबार, २५ असार २०७३, २३ : १६
शनिबार, २५ असार २०७३
काठमाडौँ, २५ असार - ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । उनले संवाद गर्न र खानेकुरा खानसक्ने भएको अस्पतालले जनाएको छ । कोइरालाको स्वास्थ्यमा सुधार आएकाले अब एकदुई दिनमा हिँडडुल गराइने उपचारमा संलग्न डा हरिकिशोर श्रेष्ठले जानकारी दिए । केहीदिनभित्र कोइरालालाई सघन उपचार कक्ष (आइसियु)बाट अन्तै सार्ने अस्पतालको तयारी छ । “उहाँको स्वास्थ्यमा धेरै सुधार आएको छ, अब, सघन उपचार कक्षबाट निकालेर डिलक्स वार्डमा सार्छौं, अहिले बाहिर सार्दा भिजिटर धेरै हुने भएकाले आइसियुमै राखेका हौँ” – डा श्रेष्ठले भने । स्वास्थ्यमा एक्कासि खराबी आएपछि उपचारार्थ डा कोइरालालाई गत असार २२ गते बुधबार अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि बिहीबार अपराह्नदेखि आइसियुमा राखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप