सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाढी पहिरोले जनजीवन कष्टकर, राहत खोज्दै अर्खावासी सदरमुकममा

शनिबार, २५ असार २०७३, २३ : २६
शनिबार, २५ असार २०७३

प्यूठान–गत मंगलबार (असार २० गते) राति परेको अविरल वर्षातका कारण गएको बाढी पहिरोले अर्खा गाविसको भौतिक संरचनामा पु¥याएको क्षतिले अर्खावासीको जनजीवन कष्टकर बनेको छ । सोही राति वर्षातसंगै आएको वाढी पहिरोले सडक, झोलंगे पुल, लघु जलविद्युत आयोजना, विद्यालय, खानेपानी, पर्यटकीय स्थल गौमुखी मन्दिर क्षेत्र लगायतका थुप्रै ठाउँहरुमा क्षति गरेको थियो । अर्खाको ३ वटा झोलंगे पुल पूर्ण रुपमा क्षतिग्रस्त भएपछी भोकमरीको अवस्था सिर्जना हुन थालेको अर्खावासीहरु बताउछन् । आफ्ना पीडा बोकेर शनिवार सदरमुकाम आएका अर्खाबासीहरुले पत्रकार र राजनीतिक दलसंग संयुक्त भेटघाट गर्दै अर्खामा मानविय क्षति नभएता पनि अनुमानित करिव ५ करोड बराबरको भौतिक संरचना क्षति भएको जानकारी दिए । घोस्राङ् खोला झोलुंगे पुल, कुर्चेघाट झोलुंगे पुल र निर्माणाधिन गुन्से खोला झोलुंगे पुल बगाउँदा एक ठाँउबाट अर्को ठाँउमा आवत जावत बन्द हुंदा खाद्यान्न संकट पर्न थालेको बताइएको छ । विद्यार्थीहरु विद्यालय आवत जावतमा समस्या हुनुका साथै विरामीहरु स्वास्थ्य संस्था जान समेत नसक्ने अवस्था सिर्जना भएको स्थानियवासी रतिमान रानाले बताए । ‘झन्डै एक हप्ता पुग्न थाल्यो गाउँ अन्धकार, विद्यार्थी विद्यालय जानबाट बञ्चित छन्, गाउँमा भोममरी समस्य देखिन थालेको छ, विरामीहरु स्वास्थ्य संस्था जानबाट बञ्चिन छन् र दैनिक उपभोग्य सामाग्री नहुंदा छाकटार्न पनि समस्या भएको छ’, उनले भने–‘अहिले सम्म जिल्लाबाट क्षतिको बारेमा अनुगमन समेत भएको छैन र पहल शुन्य जस्तै छ ।’ प्यूठानको उत्तरी क्षेत्र अर्खावासीका समस्यालाई तुरुन्तै न्यूनिकरण गर्न राजनीतिदल, सरोकारवाला निकायहरु, विभिन्न संघसंस्थाहरुबाट केही राहत मिल्ने आशा बोकेर डेलिगेस आएको रानाले बताए । त्यस्तै स्थानीय वासी उत्तम बुढा, सिताराम थापाले पनि कल्पनै नगरेको विपत्ति अर्खावासीलाई परेको हुंदा सरकारवाला निकायको तुरुन्त ध्यान जानुपर्ने बताउदै खानेपानीको पाइपलाइन पहिराले बगाउंदा आकासेपानीको भरमा दिनचर्या टार्न बाध्य भएको बताए । करिब ५० घरधुरीको जग्गा पहिलोले क्षति पु¥याएको छ । गाउँमा उब्जेको खाद्यान्नले ४ महिना समेत नपुग्ने भएकाले भोकमरी लाग्न थालेको अर्खावासीहरु बताउँछन् । पर्यटकीय हिसावले अत्यन्तै महत्वपूर्ण रुपमा लिइने गौमुखी गुफा मन्दिर अवस्था अत्यन्तै जोखिम भएको र गौमुखी प्रा.वि. को २ कोठे भवन भत्किएको छ भने ३ वटा लघु जलविद्युत आयोजना, मच्छी–गौमुखी सडक खण्ड समेत बन्द भएको छ र अर्खा ३ को पुरानो पुर्ननिर्माण झोलुंगे पुलको अवस्था पनि नाजुक बनेको छ । पहिरोमा परि स्थानीयवासी गणपति बुढा मगर घाइते भएका छन् भने अर्खा १ निवासी पञ्चे मिसेलको घर पहिरोले पुरेपछी सपरिवार छिमेकीको घरमा आश्रय लिएको छन् । सम्पूर्ण राजनीति दलको तर्फबाट गर्नु पर्ने सहयोगमा कुनै कमी नहुने दलका नेताहरुले प्रतिवद्धता व्यक्त गरेता पनि सो प्रतिबद्धता ओठेभक्तिमै सिमित छ । गाविस सचिव मोहनलाल श्रेष्ठको अध्क्षयतामा सम्पन्न कार्यक्रमको सञ्चालन कुशल सिं थापाले गरेका थिए । त्यस्तै बाढी पहिरोबाट पीडित रजवारा, पुजा र स्याउलिङवासीहरुको जनजीवन अझैसम्म विजोग अवस्थामा छ तर यसका लागि सरोकारवालाहरुको ध्यान भने पर्याप्त रुपमा जान सकिरहेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप