सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाली जनता हिन्दू राज्यका पक्षमा : उपप्रधानमन्त्री थापा

आइतबार, २६ असार २०७३, १५ : २६
आइतबार, २६ असार २०७३

चितवन - राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले आफ्नो पार्टीको कार्यभारलाई रणनीतिक तवरबाट स्थापित गराउनका लागि आफूहरु सरकारमा सहभागी भएको बताएका छन् ।

राप्रपा नेपाल चितवनको तेस्रो जिल्ला अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले अहिले नेपाली जनता हिन्दू राज्यका पक्षमा रहेको र आफ्नो पार्टीतर्फ आकर्षण बढ्दै गएको जिकिर गरे ।

अधिवेशनमा ४८७ प्रतिनिधि र २५२ पर्यवेक्षक सहभागी रहेको जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले जानकारी दिए । चारवर्षीय कार्यकालका लागि हुन लागेको अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमिति चयन हुने छ । अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप