सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अन्ततः रोनाल्डोले जिते देशका लागि पहिलो युरोको उपाधि

सोमबार, २७ असार २०७३, ०१ : ३१
सोमबार, २७ असार २०७३

काठमाडौं — फ्रान्सको पेरिस स्थित स्टाडे फ्रान्समा भइरहेको युरो २०१६ को फाइनलअघिसम्म चर्चा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोकै थियो । अन्तर्राष्ट्रिय फुटबलमा अर्का स्टार लियोनेल मेस्सीको करियरको वियोगान्त अन्त्य भएसँगै धेरैको आँखा रोनाल्डोमाथि थियो ।

सम्भवतः अन्तिम युरो खेलिरहेका रोनाल्डोको बिदाई कसरी हुनेछ भन्ने धेरैको चाँसो थियो । फाइनलमा उनको प्रदर्शन कस्तो हुन्छ भनेर हेर्न स्टेडियम र टिभी सेटअघि फुटबलका समर्थकहरु उत्सुकतापूर्वक उपस्थित थिए ।

तर,  खेलको पहिलो हाफको मध्यमा नै रोनाल्डो घाइते हुँदै मैदान छाड्नुपरेको छ । खेलको आठौं मिनेटमा फ्रान्सका डिमिट्री पायेटले फल हानेपछि रोनाल्डो घाइते बनेका थिए । विश्वकै फिट खेलाडीमध्ये मानिने रोनाल्डोले त्यसपछि पनि घुँडामा ब्यान्डेज बाँधेर खेल्ने प्रयास गरे पनि अन्ततः खेलको २४ औं मिनेटमा मैदान छाडे ।

फाइनल जस्तो खेलमा मैदान छाड्नुपर्दाको दुःख उनले लुकाउन सकिरहेका थिएनन् । उनको आँखाभरि आँशु थियो । मैदानमा पोर्चुगलका समर्थकहरु स्तब्ध थिए । स्ट्रेचरमा चढेर मैदान छाडिरहँदा विपक्षी टोलीका प्रशिक्षकले पनि रोनाल्डोलाई सान्तवना दिन आएका थिए ।

उनी बाहिरिएपछि धेरैले पोर्चुगलको जीत कठिन हुने सोचेका थिए । किनभने खेलको शुरुवातदेखि नै पोर्चुगलमाथि फ्रान्सले दबाब कायम राखेको थियो ।

तर, अन्ततः एडेरको निर्णायक गोलको मद्दतले पोर्चुगल विजय बन्यो र उपाधि आफ्नो कब्जामा पार्न सफल बन्यो ।

रोनाल्डोले दुःखका साथ मैदान छाड्न परे पनि उनको बिदाई भने दुःखद् रहेन । अब लिसबन फर्कदाँ देशका उनले पहिलो पटक युरो कपको उपहार लिएर फर्कनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप