बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रहरीको अभियान ‘प्रहरी मेरो साथी’

सोमबार, २७ असार २०७३, २१ : ४७
सोमबार, २७ असार २०७३
प्यूठान -देशको सुरक्षाको लागि मुख्य जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले आज देखि ‘प्रहरी मेरो साथी’ भन्ने नयाँ अभियान ल्याएको छ । नेपाल सरकारको आव ०७२।०७३ को नीति तथा कार्यक्रममा समावेश गरिएको उक्त अभियान ७५ वटै जिल्लामा एकैसाथ सञ्चालनमा ल्याएको छ । सोही अवसरमा प्यूठानमा पनि जिल्लाका नागरिक समाज, कार्यालय प्रमुख, विभिन्न संघ संस्थाका व्यक्ति व्यक्तित्वहरुको सहभागीतामा एक कार्यक्रम गरी प्रहरीको नयाँ अभियान थालिएको सुरुवात गरेको छ । नागरिक समुदायमा ‘प्रहरी मेरो साथी’ भन्ने भावना र सम्बन्धको विकास गरेर प्रहरी संगठलाई उचाइमा पु¥याउने उदेश्यले यो अभियान थालिएको हो । नेपाल प्रहरीले यस भन्दा पहिले ‘मुस्कान सहितको सेवा’ भन्ने नाराका साथ अभियान थालेको थियो । नागरिकसंग प्रत्यक्ष रुपमा सम्बन्ध बढाउने र प्रहरीलाई नागरिक मैत्री बनाई अपराध, विभिन्न प्रकृतिका घटना र सामाजिक विकृतीलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्नका लागि यो अभियान थालेको प्रहरीको भनाई छ । यो अभियान प्रहरी एक्लैले सफल पार्न नसक्ने हुंदा प्रहरी–नागरिक दुवैको सहयोग आवश्यक रहने कार्यक्रममा वक्ताहरुले बताए । प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रममा प्रमुख अतिथि जनकराज पन्तले नेपाल प्रहरीले साथीको रुपमा सबै नागरिकलाई लिदां दुवै तिरबाट साथित्वको व्यवहार हुने भएकोले घटनाहरुको सत्य तथ्य छानविन गर्न समेत सहयोग पुग्ने बताए । प्रहरी संगठनमा प्रयाप्त जनशक्तिको अभाव, आवश्यक स्रोत अभाव र क्षमता विकासमा कमी भएकाले घटनामा छनविनमा ढिलाई हुने हुंदा नेपाल सरकारले आवश्यक फोर्सको व्यवस्था गर्नु पर्ने कार्याक्रममा औल्याइएको थियो । प्रहरी नावय उपरिक्षक रञ्जित सिंह राठौरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रहरी सञ्जिव कुमार दुलालले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप