बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सहमतीय सरकारको कसरत : बाटो खोलिदिन प्रधानमन्त्री ओलीलाई प्रचण्डको आग्रह

सोमबार, २७ असार २०७३, २१ : ५५
सोमबार, २७ असार २०७३
काठमाडौं–राष्ट्रिय सहमतिको सरकारका लागि पहल थालेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सहमतीय सरकार गठनका लागि बाटोखोलिदिन आग्रह गरेका छन् । सोमवार साँझ बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भएको भेटमा प्रचण्डले यस्तो आग्रह गरेका हुन् । बालुवाटार स्रोतका अनुसार भेटमा प्रचण्डले ‘सहमतिको सरकारका लागि काग्रेस तयार भएको र यसमा तपाईंको सहयोग चाहिएको’ भन्दै प्रधानमन्त्री ओलीसँग आग्रह गरेका थिए । तर, प्रतिउत्तरमा ओलीले अहिले आफु त्यो विकल्पमा जान नसक्ने बताएको बालुवाटार स्रोतले बतायो । प्रचण्डले आइतवार पनि प्रधानमन्त्री ओलीसग भेट गरेका थिए । आइतवारको भेटमा नौँबुँदे र तीनबुँदे सहमति कार्यन्वयनको माग राखेका प्रचण्डले सोमवार भने सहमतिका लागि बाटो खुला गरिदिन आग्रह गरेका हुन् । प्रचण्डको यो आग्रहले काँग्रेस र माओवादीवीच केही संवाद भएको संकेत दिएको छ । सोमवार दिउँसो प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर राष्ट्रिय सहमतिको सरकारका लागि सहयोग गर्न आग्रह गरेका थिए । सूत्रका अनुसार प्रचण्डको यो आग्रहमा देउवा सकरात्मक छन् । माओवादीभित्र एमालले सहमति कार्यन्वयन नभए विपक्षीमा बस्ने मानसिकतासहित सरकारबाट बाहिर आउनुपर्ने मत पनि छ । माओवादीले एमालेकै नेतृत्वमा भएपनि सहमतिको सरकार बनाउन आफ्नो पार्टी तयार रहेको समेत प्रधानमन्त्री ओलीलाई विकल्प दिएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप