सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ओलीको कुर्सी कसरी पर्यो धरापमा ?

मङ्गलबार, २८ असार २०७३, ११ : ०४
मङ्गलबार, २८ असार २०७३

काठमाडौं– नौबुँदे लिखित र तीनबुँदे भद्र सहमतिपछि दुई महिनासम्म सरकारलाई निरन्तरा दिन सफल भएका प्रधानमन्त्री केपी ओलीको पद तिनै सहमतिले धरापमा पारेको छ । माओवादीले एमाले नआएपनि काँग्रेसको समर्थनमा आफ्नै नेतृत्वको गृहकार्य थालेको छ । यस विषयमा काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीच सहमति बनिसकेको छ ।

ओलीको कुर्सी कसरी पर्यो धरापमा ? –माओवादीले गत बैशाख २१ गते नै सरकारबाट सर्मथन फिर्ता लिएर राष्ट्रिय सहमतिको सरकार गठनको प्रयास शुरु गरेको थियो । त्यसपछि भएका विभिन्न संवादपछि एमाले र माओवादीवीच नौबुँदे लिखित र तीनबुँदे भद्र सहमति बनेको थियो । त्यसबेला माओवादी र काँग्रेसवीच सहमति पनि नजिक पुगेको थियो । तर, एमालेसँगको सहमतिले काँग्रेस र माओवादीवीच गठबन्धन बन्न सकेको थिएन ।

–नौबुँदेको पहिलो बुँदामै बजेट पेश भएपछि राष्ट्रिय सहमतिको सरकारका लागि पहल थाल्ने उल्लेख थियो । तर, असार जेठ १५ मा बजेट पेश भएपछि एमालले सहमतिको सरकारका लागि गृहकार्य नगरेको माओवादीको बुझाई आयो । त्यसपछि माओवादी केन्द्रले सहमतिको सरकारको एजेन्डालाई उठाउन थाल्यो र नेताहरुले यस विषयमा अभिव्यक्ति दिन थाले ।

–माओवादीले राष्ट्रिय सहमतिको सरकार जसको नेतृत्वमा भएपनि बनाउन आफुहरु तयार रहेको जानकारी दियो । असार १८ को पोलिटव्यूरो वैठकले संस्थागत निर्णय गर्यो सहमतिको सरकार गठनका लागि र यसको जिम्मा प्रचण्डलाई दियो । माओवादीको प्राथामिकता चाहिँ प्रचण्डकै नेतृत्वमा सहमतिको सरकार बनाउने छ । माओवादीको यही वैठकले मुद्धा मिल्नेसँग गठबन्धन बनाउने निर्णय पनि लिएको थियो ।

–पोलिटव्यूरो वैठकपछि माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र काँग्रेस सभापतिसँग संवाद बढाए । दुवैसँग सहमतिको सरकारका लागि सहयोग मागे । सहमति अनुसार नेतृत्व हस्तान्तरण गरेर सहमतिको सरकार बनाउन सहयोग गर्न प्रचण्डले गरेको आग्रहलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरिदिए ।

–ओलीले तीनबुँदे सहमति कार्यन्वनमा चासो नदिएपछि प्रचण्डले काँग्रेससँगै मिलेर भएपनि नयाँ गठबन्धन बनाउन प्रक्रिया अगाडि सारे । पहिला देखि नै संवादमा रहेका यी दुई पार्टीवीच नयाँ गठबन्धनका लागि आन्तरिक सहमति भएको छ । तर, केही प्राविधिकपक्ष नमिलेकाले औपचारिक सहमति भएको छैन । माओवादीले सरकारबाट समर्थन फिर्ता लिएकै दिन काँग्रेस र माओवादी दुवैले सहमति पत्रमा हस्ताक्षर गर्न सक्ने स्रोतहरु बताउँछ ।

–सा्रेतका अनुसार प्रचण्ड र देउवा चुनावसम्म आलोपालो नेतृत्वका लागि तयार भएका छन् । सकेसम्म एमालेलाई पनि सरकारमा ल्याएर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने प्रचण्डको गृहकार्य अहिले पनि जारी छ । तर, काँगेससहितको गठबन्धनमा एमाले आउने सम्भावना चाहिँ कमजोर रहेको स्रोत बताउँछ । असार मसान्तभित्र नयाँ गठबन्धनका सवै काम पुरा हुने स्रोतको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप