सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माओवादीका सवैभन्दा वरिष्ठ नेता वेपत्ता पार्नेविरुद्ध उजुरी दर्ता

मङ्गलबार, २८ असार २०७३, १७ : १३
मङ्गलबार, २८ असार २०७३

काठमाडौं– राज्यद्धारा २०५६ जेठ ७ देखि वेपत्ता पारिएका माओवादी नेता दण्डपाणि न्यौपाने (दीपेन्द्र) को परिवारले आज वेपत्ता आयोगमा उजुरी दर्ता गराएको छ । न्यौपाने पत्नी शान्ता, छोरा गोपालले पुल्चोकस्थित वेपत्ता छानविन आयोगमा पुगेर उजुरी दर्ता गराएका हुन् । परिवारले दोषी पत्ता लगाई हदैसम्मको कारवाहीको माग गरेका छ । पत्नी शान्ता पूर्व सभासद् हुन भने गोपाल माओवादी केन्द्र निकट विद्यार्थी संगठनका कोषाध्यक्ष तथा माओवादी महाधिवेनश आयोजक समितिका सदस्य छन् । उजुरीमा सीता अधिकारी र मित्रलाल पौडेल साक्षी बसेका छन् । वेपत्ता पारिएका माओवादी नेता–कार्यकर्ताहरुमा न्यौपाने सवैभन्दा ठूला नेता हुन । त्यसबेला उनी पार्टीको केन्द्रीय सदस्य थिए । उनी जनयुद्ध शुरुपूर्वको १९ सदस्यीय माओवादी केन्द्रीय समितिमा थिए ।

को हुन दण्डपाणि ? चितवन गितानगर–३ निवासी न्यौपाने २०५६ जेठ ७ मा काठमाडौं सुन्धारा टेवालको संकटा मन्दिर अगाडिबाट प्रक्राउ परेका थिए । सादा पोशाकका प्रहरीले पक्राउ गरेपछि उनलाई शुरुमा न्यूरोडस्थित जनसेवा प्रहरी कार्यलयमा राखिएको र त्यसपछि महराजगंजस्थित प्रहरीको २ नम्वर गणमा राखिएको थियो । त्यसपछि न्यौपानेलाई पोखरा हुँदै विभिन्न ठाँउमा पु¥याइएको अपुष्ट सूचना बाहिर आएको थियो । तत्कालीन प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले ‘आत्मसर्मपण गरे भेटाइदिने सूचना’ न्यौपाने परिवारकहाँ पठाएको समेत उजुरीमा उल्लेख छ ।

कसका विरुद्ध प¥यो उजुरी ? न्यौपानेको परिवारले पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, गृहमन्त्रीहरु गोविन्दराज जोशी, पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, कमल थापा, बामदेव गौतम विरुद्ध उजुरी दिएको छ ।

त्यसबाहेक गृहसचिवहरु पदमप्रसाद पोखरेल, श्रीकान्त रेग्मी, विजयराज भट्टराई, टिकदत्त निरौला, अनन्तराज पाण्डे, चण्डीप्रसाद श्रेष्ठ, बालकृष्ण प्रसाई र उमेश प्रसाद मैनाली विरुद्ध पनि उजुरी परेको छ ।

प्रहरी महानिरीक्षकहरु अच्युतकृष्ण खरेल, श्यामभक्त थापा र प्रदीप शमसेर जवरा विरुछ पनि उजुरी छ ।

तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी उषा नेपाल, काठमाडौं प्रहरी प्रमुख भरतबहादुर जिशी र २ नम्वर गणका प्रमुख चुणाबहादुर श्रेष्ठ पनि वेपत्ता पार्नेमा भूमिका खेलेको उजुरीमा छ ।

त्यसैवीच पुर्व विद्यार्थी नेताद्धय हिमाल शर्मा र विना मगर तथा सरिता शर्माले पनि आज नै वेपत्ता आयोगमा पुगेर उजुरी दर्ता गराएका छन् । उनीहरुलाई २७ महिना वेपत्ता पारिएको थियो । अधिकाश समय भैरवनाथ गणमा राखिएको उनीहरुले आफुहरुलाई बताउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप