सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस र माओवादीद्धारा अविश्वासको प्रस्ताव दर्ता, संसद वैठक पर्सिसम्मका लागि स्थगित

बुधबार, २९ असार २०७३, १६ : ४५
बुधबार, २९ असार २०७३

काठमाडौं– अल्पमतमा परेका प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिएको भन्दै काँग्रेस र माओवादीले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । सिंहदरवारमा स.सद सचिवालयमा उनीहरुले प्रस्ताव दर्ता गराएका हुन् ।

नेपालको संविधानको धारा २९८ को उपधारा १३ मा ‘व्यवस्थापिका–संसदका सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाइ सदस्यले प्रधानमन्त्री उपर व्यवस्थापिका–संसदको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्ने’ उल्लेख छ।

बैठक नै नबसी संसद् ३१ गतेसम्मका लागि स्थगित

प्रधानमन्त्रीले राजीनामा दिन नमानेको भन्दै काँग्रेस र माओवादीले सांसदहरुको हस्ताक्षर अभियान चलाएका थिए ।

बाध्य भएर अविश्वासको प्रस्ताव दर्ता गर्नु परेको हो : कांग्रेस–माओवादी 

कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा संयुक्त लगायतका दलका गरी २ सय ५५ जना सांसदको हस्ताक्षर सहितको अविश्वास प्रस्ताव दर्ता गराएको संसद सचिवालयले जनाएको छ ।

अविश्वासको प्रस्ताव परिपक्व हुन एक साता लाग्ने

प्रस्तावको प्रस्तावक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् भने समर्थकमा कांग्रेस सभापति शेरबहादुर देउवा रहेका छन्।

यस्तो छ प्रधानमन्त्रीविरुद्व ल्याइएको अविस्वास प्रस्ताव (पूर्णपाठसहित)

अविश्वास प्रस्ताव तर्दा गर्ने काँग्रेस एमालेलाई कांग्रेस र माओवादीलाई तीन सिट भएको नेकपा संयुक्तको पनि समर्थन छ ।

संघीय गठबन्धनले अविश्वास प्रस्तावलाई समर्थन गर्ने

अव प्रधानमन्त्रीले अप्रधानमन्त्रीले विश्वासको मत लिन नसकेमा सरकार स्वतः कामचलाउन हुनेछ।

नेपालको विकसित राजनीतिक घटनाक्रमप्रति दिल्ली र बेइजिङको चासो 

कांग्रेस–माओवादीसाग मात्रै २८९ मत छ । संसद्मा कांग्रेसका २०७ र माओवादी केन्द्रका ८२ सांसद छन् । यो गठबन्धनलाई बहुमत प्राप्त गर्न नौ सांसद आवश्यक पर्छ । मधेसी दलले समेत सरकारमा भने सहभागी नहुने, तर ओली नेतृत्वको सरकार गिराउन निर्माण हुने गठबन्धनका लागि सहयोग गर्ने बताइसकेका छन् । यसो हुादा प्रस्ट बहुमत प्राप्त हुने विश्वास कांग्रेस–माओवादीको छ ।

सरकार फेरबदलवारे नयाँ शक्ति बोल्यो : कागलाई बेल पाक्यो हर्ष न विस्मात 

ओलीको पक्षमा २५३ मत छ । ओलीसँग आफ्नै दल एमालेको एक सय ८२, राप्रपा नेपाल २५, फोरम लोकतान्त्रिक १४, राप्रपा १२, नेकपा माले ५, नेमकिपा ४, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक २, राष्ट्रिय जनमोर्चा ३, परिवार दल २, मधेस समता पार्टी, नेपास् राष्ट्रिय पार्टी, समाजवादी जनता पार्टी र बहुजन पार्टीको एक–एक मत छ ।

सरकार फेरबदल सम्बन्धी आजका अरु समाचार

कांग्रेसले माग्यो सरकारको राजीनामा, माओवादीसँग भएको ७ बुँदे सहमतिलाई अनुमोदन

राजीनामाका लागि माओवादीले दियो केपी ओलीलाई तीन बजेसम्मको अल्टिमेटम

माओवादी मन्त्रीले बुझाए सामुहिक राजीनामा

ओलीका अगाडि आइलागे यस्ता चार संकट

काँग्रेस–माओवादी ७ बुँदे राजेन्द्र महतोले चुहाइदिएको आरोप -

देउवाको खुलासा :प्रधानमन्त्री बन्न एमालको अफर थियो

देउवा र प्रचण्डले भारतको आदेशको पालना गरेः बिजुक्छे 

एमालेले बोलायो संसदीय दलको वैठक

वर्तमान सरकार विघटन गर्न मोर्चाले समर्थन गर्ने

ओलीको साथ नछोडेको राप्रपा नेपालले गर्यो यस्तो निर्णय 

ओलीलाई सघाउने ५ सिटे पार्टीको ३ बुँदे निर्णय

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप