सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सरकार फेरबदलवारे नयाँ शक्ति बोल्यो : कागलाई बेल पाक्यो हर्ष न विस्मात

बुधबार, २९ असार २०७३, १५ : ४९
बुधबार, २९ असार २०७३

सरकार फेरबदललाई नयाँ शक्तिले कागलाई बेल पाक्यो हर्ष न विस्मात भनि टिप्पणी गरेको छ ।

प्रवत्ता खिमलाल देवकोटाले विज्ञप्ती जारी गर्दै नयाँ गठबन्धन बने पनि जनताका सरोकार समाधान हुने परपर्दो आधार देखाउन नसकेको दावी गरेका छन् ।

नयाँ शक्ति संसदमा नभएको पार्टी हो ।

नयाँ शक्तिले संसदीय यस्तो अभ्यासले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको औचित्य थप पुष्टी भएको पनि उल्लेख गरेको छ । उसले भनेको छ, अस्थिरताको यो अवस्था नयाँ संविधानमा अवलम्बन गरिएको असफलसिद्ध संसदीय प्रणालीको ताजा परिणाम नै हो भन्ने हाम्रो निष्कर्ष छ । यो निष्कर्षले नयाँ शक्ति पार्टीले उठाउँदै आएको स्थायित्व र विकासका निम्ति पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको औचित्य र आवश्यकता पुनः पुष्टि भएको छ ।’

राजनीतिक संक्रमणको यो गम्भीर मोडमा नेपाली राजनीतिको स्थायित्व र लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा, संविधानको स्वीकार्यतासहित जनताका पक्षमा संविधानको प्रभावकारी कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र जनताले भोगेका दैनिक जीवनका समस्याको समाधानको दिशामा केन्द्रित हुन सम्बन्धित पक्ष सरोकारवाला र आम जनसमुदायमा नयाँ शक्ति नेपालले अपिल गरेको छ ।

प्रवत्ता देवकोटाको विज्ञप्तीमा छ

-हालै विकसित राजनीतिक घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । स्थायित्व र विकासको प्रस्थानविन्दू हुने ठानिएको नयाँ संविधान जारी भएपछि पनि निरर्थक सरकार गठन र विघटनको श्रृंखलाको अन्त्य हुन सकेन ।

-विधानको कार्यान्वयनका लागि मधेस, थारु, जनजातिलगायतका मागहरुको सम्बोधन गर्न नसक्नु, भूकम्पपीडितहरुप्रति संवेदनहिनता प्रदर्शन गर्नु, कालाबजारी, महंगी र अभावलाई नियन्त्रण गर्न नसक्नु र भूराजनीतिक अवस्थितिका आधारमा अन्तराष्ट्रिय सम्बन्धमा सन्तुलन कायम गर्न नसक्नु जस्ता कारणले सरकार आफैंमा असफल छँदै थियो, त्यसमाथि सत्तारुढ गठबन्धनभित्रै बेमेल बढ्नुको परिणाम ओली सरकार संकटमा पर्नु र कांग्रेस माओवादी गठबन्धनको सरकार बन्ने अवस्था देखिएको छ ।

-मुद्दाकेन्द्रित गठबन्धनभन्दा पनि कुर्सीकेन्द्रित गठबन्धन बन्ने र भत्कने प्रक्रियामा गुज्रेका कारण आम जनताका निम्ति यो परिघटना कागलाई बेल पाक्यो हर्ष न विस्मातबाहेक केही भएको छैन । जतिसुकै नयाँ गठबन्धन बने पनि जनताका सरोकार समाधान हुने परपर्दो आधार देखाउन सकेका छैनन् ।

-अस्थिरताको यो अवस्था नयाँ संविधानमा अवलम्बन गरिएको असफलसिद्ध संसदीय प्रणालीको ताजा परिणाम नै हो भन्ने हाम्रो निष्कर्ष छ । यो निष्कर्षले नयाँ शक्ति पार्टीले उठाउँदै आएको स्थायित्व र विकासका निम्ति पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको औचित्य र आवश्यकता पुनः पुष्टि भएको छ ।

-राजनीतिक संक्रमणको यो गम्भीर मोडमा नेपाली राजनीतिको स्थायित्व र लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा, संविधानको स्वीकार्यतासहित जनताका पक्षमा संविधानको प्रभावकारी कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र जनताले भोगेका दैनिक जीवनका समस्याको समाधानको दिशामा केन्द्रित हुन सम्बन्धित पक्ष सरोकारवाला र आम जनसमुदायमा नयाँ शक्ति नेपाल हार्दिक अपिल गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप