सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालको विकसित राजनीतिक घटनाक्रमप्रति दिल्ली र बेइजिङको चासो

बुधबार, २९ असार २०७३, १६ : ५३
बुधबार, २९ असार २०७३

काठमाडौं– नेपालको विकसित राजनीति घटनाक्रमप्रति छिमेकी भारत र चीनले चासोपूर्वक हेरेका छन् । पछिल्लो राजनीतिक घटनाले नेपालमा समस्याको समाधान गर्न सक्छ कि सक्दैन ? भन्ने उनीहरुको मुख्य चासो रहेको छ ।

दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले ‘नेपालको घटनाक्रमलाई छिमेकी भारतले चासोपूर्वक हेरेको सूचना आफुहरुको पाएको’ बताए । रातोपाटीसँगको टेलिफोन संवादमा उनले नयाँ गठबन्धनले नेपालमा रहेका समस्या समाधानमा भूमिका खेल्न सक्ने–नसक्ने विषयमा छिमेकी भारतको चासो रहेको बताए ।

त्यस्तै वेइजिङस्थित नेपाली दूतावास स्रोतले ‘नेपालको राजनीतिक घटनाक्रमलाई चीनले पनि चासोका साथ हेरेको’ बतायो ।

केपी ओली नेतृत्वको सरकार भारतसँग अनुदार र चीनसँग उदार रहेको रुपमा हेरिएको थियो । यद्यपी विपक्षी काँग्रेस लगायतले ओली नेतृत्वको सरकारले छिमेकीसँगको सम्बन्ध विगारेको तथा कुटनीतिक अपरिपक्कता देखाएको बताएका थिए ।

ओलीले भारत र चीन दुवै देशको भ्रमण गरिसकेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप