सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सहमतीय सरकारका लागि अझै आफ्नो पार्टी तयार छ– नेता शर्मा

बुधबार, २९ असार २०७३, २१ : १८
बुधबार, २९ असार २०७३

काठमाडौँ - नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले सहमतीय सरकारका लागि अझै आफ्नो पार्टी तयार रहेको बताएका छन् ।

संवाद क्लबले यहाँ आज आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रिय सहमतिका लागि आफूहरुले सरकार छाडेको बताउँदै अब संविधान कार्यान्वयन, भूकम्पपीडितको राहत, पुनःनिर्माण र सङ्घीयतालगायत कार्यान्वयनका लागि सहमतीय सरकार आवश्यक रहेको बताए।

नेता शर्माले मधेसी दलको आन्दोलन चलिरहेकाले सहमतीय सरकार बनाएर उनीहरुको मागलाई सम्बोधन गर्नु अहिलेको आवश्यकता रहेको बताए । नेकपा एमालेका नेता गङ्गालाल तुलाधरले भूकम्पपछि जसरी तीन प्रमुख दल एकै ठाउँमा आए त्यसरी नै अहिले पनि तीनै एकै ठाउँमा आएर संविधान कार्यान्वयन गर्नुपर्ने बताए ।

उहाँले सहमतिका लागि सबै राजनीतिक दलले एउटा सूत्र बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै भने, “जसरी अहिले केपी ओली सरकारमा टाँसिरहने भन्ने आरोप छ, त्यो गलत हो हामी संवैधानिक किसिमले बहिर्गमन हुन्छौँ ।” नेपाली काँग्रेसका नेता शङ्कर भण्डारीले प्रधानमन्त्री ओलीले राजीनामा दिइ सहज वातावरण बनाई मार्ग प्रशस्त गर्नुपर्ने विचार राखे ।

“कुनै पनि दल सरकारमा रहनु र नरहनु कुनै ठूलो कुरा हैन”– उनले भने, “संविधानमा भएका कुरा जनताले उपभोग गर्न पाउनु ठूलो कुरा हो ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप